पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन

पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन

काठमाडौँः  पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ। शेर्माको बुधबार निधन भएको हो। ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शेर्मा उपचाररत थिए। उनी कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन्। शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए।

उनी कांग्रेस पाँचथरको दुई कार्यकाल सभापति भएका थिए।