चन्द समूहका दुई कार्यकर्ता पक्राउ

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

बर्दिया: नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।