प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा अस्पतालबाट डिस्चार्ज

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् ।

https://twitter.com/BishnuRimal/status/1237691151160733697

गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई संर्गौलाले आफ्नो मिर्गौला दिएकी थिइन् ।

अस्पतालबाट डिस्चार्ज भएसँगै संग्रौला आफ्नै निवासमा फर्किएकी छन् । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान गरेकोमा धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार संग्रौलाको स्वास्थ्य अवस्था अहिले राम्रो हुँदै गएको छ । मिर्गौला निकालिएको घाउँ पूर्ण रुपमा ठिक भएपनि उनी स्वस्थ्य व्यक्तिले जस्तै जीवनयापन गर्न सक्ने डा शाहले बताइन् ।चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।