काठमाडौं। नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ।
अधिकारीलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको छ। आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायर गर्दैछ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान स्रोतले जानकारी दिएको छ ।
अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ । निर्णयसँगै यसमा जोडिएकाहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको हो ।