काठमाडौं। विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले दायर गरेको रिट सर्वोच्च अदालले दर्ता गरेको छ। एमालेको तर्फबाट महेश बर्तौला र सुनिता बरालले दायर गरेको रिट बुधबार दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ।
सर्वोच्च प्रशासनका अनुसार उक्त रिटमा आगामी मंसिर १७ गतेका लागि पेशी तोकिएको छ। एमालेले रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेको छ।
प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको दाबीसहित एमालेले दुवै बदरको माग गरेको छ। एमालेले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गरी संविधानको धारा ७६ बमोजिमको प्रक्रिया सुरु गर्नु भनी आदेश माग गरेको छ।