निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता (सूचीसहित)

निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता (सूचीसहित)

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ८० वटा दल दर्ता भएका छन् । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आज (मंगलबार) साँझसम्म ८० वटा दलले निर्वाचन प्रयोजनका लागि दर्ता गराएको जानकारी दिएका हुन् ।

हाल आयोगमा कूल १ सय ३४ वटा दल दर्ता रहेका छन् । ती मध्ये ८० वटा दल हालसम्म निर्वाचन प्रयोजनका लागि दर्तामा आएका हुन् । आजमात्रै १६ वटा दल दर्ता भएको छ । दल दर्ताका समय मंसिर १० गते (भोलि) सम्म रहेको छ ।

 

प्रतिनिधिसभा निर्वाचनको मिति आगामी फागुन २१ गतेका लागि तय भएको छ ।