काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी युवाहरूको माग आफूहरुले सम्बोधन गरेको दाबी गरेका छन् ।उनले अहिलेपनि आफूहरु जेनजीको असली अभिभावक भएको दाबी गरे । आज (मंगलबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘हामीले युवाहरूको मुद्दालाई सम्बोधन गरेका छौँ । युवाका सही आवाजलाई सबैभन्दा पहिले समर्थन ग¥यौँ। बलपूर्वक दमन नगरियोस् भनेर सरकारलाई खबरदारी ग¥यौँ । जेनजी पुस्ताहरूको असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने कुरा बुझ्दै गएका छन् । हजारौँ युवाहरू पार्टीमा समाहित हुने कुरा बढेको छ ।’ सो क्रममा उनले अबको निर्वाचनमा नेकपा एक नम्बरको शक्ति बन्ने दाबी गरे ।