काठमाडौंमा एमालेनिकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन

काठमाडौंमा एमालेनिकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन

काठमाडाैं। नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ।

शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो। फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्‍याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ।

शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिनेछ। फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ। जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ।