काठमाडौं। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुन्नुको कारण सोधेको छ। साथै, प्रसाईंलाई अदालतमा उपस्थित गराउन पनि अदालतको आदेश छ।
दुर्गाका छोराले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज न्यायाधीश मेघराज पोखरेलको इजलासले सुनुवाई गर्दै प्रसाईंलाई थुन्नुको कारण पेश गर्न आदेश दिएको हो। प्रहरीले प्रसाईंलाई सुतेकै ठाउँबाट पक्राउ गरेको थियो।
उनीविरुद्ध शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरेको प्रहरीको भनाई छ। प्रसाईंले यही मंसिर ७ गते आन्दोलन गर्ने र देश ठप्प पार्ने घोषणा गरेका थिए। उनले हालै आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर उत्तजेक भाषणा गरेका थिए।
प्रहरीले उनले पत्रकार सम्मेलन गरेकै राति उनलाई निवासबाट पक्राउ गरेको हो। उनलाई रिहा गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माग गरेका छन्।