रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने

रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा रुपन्देही–३ लेखजंग थापालाई  नै उम्मेदवार बनाउने भएको छ।

रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय भएका थापालाई नै आगामी प्रतिनिधि सभा निर्वाचनमा  कायम राख्ने निर्णय रास्वपाले गरेको हो।

जेनजी आन्दोलनले प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा भएसँगै रुपन्देही-३ को  उप-निर्वाचन स्वत: खारेज भएको थियो।

रास्वपाले आकांक्षी ९ उम्मेदवार मध्येबाट थापालाई छनोट गरेको थियो।