सिंहदरबार, संसद् र सर्वोच्च जलाउन प्रधानमन्त्री र गृहमन्त्रीको प्रत्यक्ष भूमिका छः दुर्गा प्रसाईँ

सिंहदरबार, संसद् र सर्वोच्च जलाउन प्रधानमन्त्री र गृहमन्त्रीको प्रत्यक्ष भूमिका छः दुर्गा प्रसाईँ

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेन-जी आन्दोलनको क्रममा सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।

आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले जेन–जी अप्रेसन सेन्टरमा बसेर सबै सम्पदामा आगो लगाउन कार्की र अर्यालले सन्देश प्रवाह गरेको आरोप लगाएका हुन् । ‘२४ गतेको दिन जेन–जी अपरेशन सेन्टर खुलेको छ त्यहाँ । त्यहाँबाट अहिले बोर्ड हटाइयो । देश जलेको प्रोजेक्टरमा हेर्ने हालकी प्रधानमन्त्री, गृहमन्त्रीलाई तपाईँ के भन्नुहुन्छ रु’ प्रश्न गर्दै उनले भने, ‘यिनीहरु देशद्रोही हुन् । यिनीहरुलाई कुनै पनि बहानामा नेपाली जनताले क्षमा दिन हुँदैन ।’

उनले जेन–जी आन्दोलनको डिजाइन पश्चिमा देशहरुको लगानीमा विभिन्न एनजीओ, आईएनजीओहरुले गरेको, बारबरा फाउन्डेसनको प्रत्यक्ष संलग्नता रहेको उनले बताए ।