आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।


वृष : दिन सहज छ । साथीको सहयोग मिल्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । राजनीकि क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ । सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ ।

मिथुन : दिन सामान्य छ । लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ । व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ । राजनीतिमा तपाईंका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ ।


कर्कट : दिन राम्रो छ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवार भित्र थोरै बोल्दा फाइदा हुनेछ ।

सिंह : दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । भाग्यको निर्माण गर्न आफ्नो काममा केन्द्रित हुनुपर्नेछ । प्राविधिक शिक्षामा प्रगति हुनेछ ।  परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ ।

कन्या :  दिन राम्रो छ । आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला । हरेक काममा बन्धु र परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ । धार्मिक अभियान्तासँगको सहकार्यले दिन सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ।

वृश्चिक : दिन सहज छ । श्रमको मूल्यांकन हुनेछ । गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । परिवारसँग बसेर रमाउने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : सानो कुराले मन अशान्त बन्नेछ । सञ्चित धनको खर्च हुनसक्ने जोखिम छ । व्यापारमा फाइदा हुनेछ । महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । परिवारमा खटपटी बढ्नेछ ।

मकर : दिन राम्रो छ । थोरै लगानी भए पनि अम्दानी बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । लगानीका क्षेत्रमा घाटा हुनेछ । निजी शिक्षाको लगानीबाट झन्झट आइपर्ने जोखिम छ । परिवारसँगको सम्बन्ध भने सहज बन्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

मीन : मन अशान्त बन्ने जोखिम छ । समयको सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारमा झन्झट आइपर्ने जोखिम छ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।