मेष : दिन सहज रहेको छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ ।
वृष : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ । वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ । राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ । परिवारमा घुमघामको तय हुनेछ ।
मिथुन : दिन सामान्य छ । अचानक सञ्चित धन खर्च हुनेछ । साथीबाट धोका हुनसक्छ । स्वास्थ्यले भने साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ ।
कर्कट : दिन राम्रो छ । मनमा अशान्ति बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ ।
सिंह : दिन राम्रो छ । बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्न सक्छ । परिवारको साथ मिल्नेछ ।
कन्या : दिन सामान्य छ । बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ । सामान्य खानेकुरामा चित्त बुझाउनुपर्ने दिन छ । अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ ।
तुला : दिन राम्रो छ । साथीभाइ दाहिना रहनेछन् । संगठनको बलमा राम्रा काम हुनेछन् । स्वास्थ्यले समेत राम्रो साथ दिनेछ । घुम्ने अवसर मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।
वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ । लगानी गर्दा फाइदा हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ । परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ ।
धनु : बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ । आफ्ना कुरा अरुसँग साट्नु राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्ने छ । राजनीतिक संगठनबाट फाइदा हुने दिन छ ।
मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ । एकल निर्णय गर्दा घाटा हुनेछ । परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ ।
कुम्भ : दिन राम्रो छ । आफूले सोचेका काम सहजै सञ्चालन हुनेछन् । विशेष कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मीन : सामान्य छ । मध्य साढेसाती दशा चलिरहेकाले हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ । लगानीको क्षेत्रबाट नाफा हुने योग छ । धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ ।