आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

मेष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । परिवारका कारणले मनमा चिन्ता थपिने छ । थोरै बोल्नु उचित हुनेछ । साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुन्छ।


वृष : दिन राम्रो छ । आज थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सल्लाह र सुझाव लिएर अगाडि बढेमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । आफन्तसँगको सम्बन्ध दरिलो बनाउने प्रयास गर्नुपर्नेछ । यात्रामा फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्रबाट उत्साह मिल्नेछ ।


कर्कट : यात्रा कष्टकर हुने भएकाले यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : दिन राम्रो छ । संयुक्त लगानी भए मात्र व्यापारमा फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा तपाईंको मन रमाउने योग छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

कन्या : मन शान्त बन्नेछ । हरेक काममा परिवारले राम्रो साथ दिनेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले राम्रो काम गर्ने अवसर आएको छ । परीक्षाको नतिजा राम्रो आउनेछ ।

तुला : दिन राम्रो छ । आफन्तसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नु राम्रो हुनेछ । खाने समयमा हुने विवादले घाटा हुनेछ । दीर्घकालीन रोगबाट मुक्त हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । खानपानमा ख्याल नगरेमा स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट घाटा हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अनावश्यक यात्रामा जाने तयारी गरेको भए सचेत बन्नु राम्रो हुनेछ । औषधी खानपानमा समस्या हुँदा रोगले सताउने जोखिम छ ।

मकर : तपाईंको काममा अवरोध हुनसक्छ । मनमा अशान्तिले बास गर्ने जोखिम देखिन्छ । बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ । परिवाको साथ र सहयोगले महत्त्वपूर्ण काम सहजै बन्नेछ ।

कुम्भ : तपाईंको राशिमा चन्द्रमा आइपुगेका छन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा हरेक पाइलामा सफलता मिल्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मीन : दिन सामान्य छ । व्यवसायमा सोचेको जस्तो प्रगति नहुने जोखिम छ । राज्यको तर्फबाट भय बढ्नेछ । शुभग्रहको बहुमत भएकाले परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।