एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदहरुको बैठक बोलायो, सर्वोच्चमा रिट दायर गर्ने तयारी

एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदहरुको बैठक बोलायो, सर्वोच्चमा रिट दायर गर्ने तयारी

काठमाडौं। नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभामा रहेका आफ्ना सांसदहरुको बैठक बोलाएको छ । मुलुकको राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नका लागि आगामी मंसिर २ गते विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको एमाले नेता महेश बर्तौलाले बताए ।

विघटित प्रतिनिधिसभामा एमालेबाट प्रमुख सचेतकसमेत रहेका बर्तौलाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको अवस्थामा बैठक बोलाइएको बताए ।

मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको उनले बताए ।