काठमाडौं, कार्तिक २४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन् । सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन अब ६ दिन मात्रै बाँकी रहेकाले मतदातामा नाम समावेश गराउँन छुटेका सबैलाई तुरुन्त नाम दर्ता गराउन उनले आग्रह गरेका हुन् ।
समाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो संदेश सार्वजनिक गर्दै उनले भनेका छन, ‘फागुन २१ गते निर्वाचन हुन्छ । नो इफ, नो बट । चुनावमा हामी सबै भाग लिने हो । मतदाताको रुपमा निर्वाचनमा भाग लिन नामावलीमा नाम दर्ता गराउँन ६ दिन मात्रै बाँकी रहेकाले तत्काल भोटर आइडीकार्ड बनाउनुहोला ।’