काठमाडौं। जिल्ला अदालत काठमाडौंले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरी म्याद थपको लागि आज अदालत गएको हो । कार्की चितवनबाट पक्राउ परेका हुन् । काठमाडौंको दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे सिआईबीले अनुसन्धान अघि बढाएको छ ।