काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारमा ल्याइएको छ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्ने बनेको जाँचबुझ आयोगले बयानका लागि उनलाई सिंहदरबारस्थित कार्यालयमा झिकाएको हो।
सरकारले भदौ २४ र २४ गतेको घटना छानविनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो। लामिछाने जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते जेलबाट बाहिर निस्किएका थिए। लामिछाने जेलबाट बाहिर निस्किएपछि धेरै कैदीबन्दीलाई भाग्नका लागि प्रेरणा मिलेको सरकारको आँकलन गरेको छ।
लामिछाने सहकारी ठगी प्रकरणको मुद्दाको पुर्पक्षको क्रममा थुनामा छन्। नख्खु कारागारमा रहेको बेला असुरक्षाको कारण देखाउँदै उनलाई बाहिर निकालिएको थियो । नख्खु कारागारबाट बाहिर निस्किएका लामिछाने परिस्थिति सामान्य भएपछि आफैं कारागार फर्किएका थिए।