काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले एमालेमा फर्कने घोषणा गरेका छन् । एकीकृत समाजवादी केन्द्र र माओवादी केन्द्रबीच एकता घोषणापछिको राष्ट्रिय सम्मेलन हुने दिनमा नै पत्रकार सम्मेलन गरेर नेता श्रेष्ठले भने एमाले आफ्नो मूल घर भएको र त्यो पार्टी बनाउन जीवन दिएकोले निशर्त फर्कने घोषणा गरेका हुन् ।
उनले माओवादी केन्द्रसँग एकता गरेका अध्यक्ष माधवकुमार नेपाललाई बधाई नै दिए। उता, छुट्टै पार्टी गठनको तयारीमा रहेका महासचिव घनश्याम भुसाललाई पनि उनले धन्यवाद नै भनेका छन् ।
उनले आफूहरु भने एमालेमा फर्कन लागेको घोषणा गरे । एमालेमा जाँदा कुनै पद नचाहिने पनि उनले खुलाए । श्
रेष्ठले भने,‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं । मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं । हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं। हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस्।’