काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका दुई महामन्त्रसहित शीर्ष नेताहरुसँग आज छलफल गर्दैछन। कार्यवाहक सभापति खड्काले केन्द्रीय समितिको बैठकअघि दुई महामन्त्रीसहित पार्टीका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
पार्टीको संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नहुने र दुई महामन्त्री चुनावअघि नियमित हुन नसके विशेष गर्नुपर्ने अडानमा छन् । बैठक बिहान ९ बजे ललितपुरस्थित धोबीघाटमा बस्ने तय भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजै दिउँसो बस्दैछ । १५औं महाधिवेशनको मितिबारे विवाद भएपछि गत शुक्रबारका लागि तय भएको बैठक स्थगित भएको थियो । यसअघि शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो ।
२९ असोजमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । नियमित महाधिवेशन हुन नसके विशेषका लागि उनीहरूले माग गरेका छन् । संस्थापन पक्ष भने नियमित वा विशेष महाधिवेशन चुनावअघि हुन नसक्ने अडानमा छ ।