जनार्दनप्रति प्रचण्ड 'फायर'

जनार्दनप्रति प्रचण्ड 'फायर'

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) सँग हुन लागेको पार्टी एकतालाई लिएर माओवादी केन्द्रका नेताहरु दुई धारमा विभाजित भएका छन्। संयोजक पुष्पकमल दाहाल पक्षधर नेताहरु एकताको पक्षमा उभिएका छन् भने एकताको विपक्षमा जनार्दन शर्माले मत राखिराखेका छन् । नेता शर्माले एकीकृत समाजवादीसँगको एकता ऐतिहासिक गल्ती र हानिकारक हुनसक्ने बताएका छन्।

एकीकृत समाजवादीसँग एकता नगर्न भन्दै जनार्दनले आजको पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव नै राखे । उनले राखेको धारणा र लिखित प्रस्तावलाई माओवादी केन्द्रका संयोजक प्रचण्डले भने अराजकको संज्ञा दिएका छन् । एकीकृत समाजवादीसँगको एकता ‘महाधिवेशन टार्ने कुरा हो भन्ने आरोप छ उहाँको’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासमा संयोजक प्रचण्डले भने, ‘गलत आरोप हो, अराजक ।’

संयोजक प्रचण्डले जनार्दनको प्रस्तुत हुनै शैली नराम्रो रहेको र कसैलाई पनि मन नपर्ने बताए । ‘त्यो शैली उहाँ (जनार्दन) को नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन,’– संयोजक प्रचण्डले भने ।