प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ जारी

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौं। प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ जारी रहेको छ ।

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई असंवैधानिक दाबी गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा सो रिटको सुनुवाइ जारी रहेको हो ।

उक्त रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलास गठन भएको छ । प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई चुनौती दिँदै अधिवक्ता डा.प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाहलगायतले रिट दायर गरेका थिए ।

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गरिनुपर्ने र प्रतिनिधिसभा पुनर्स्थापना गरिनुपर्ने रिट निवेदकको माग रहेको छ ।