काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा दिएका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको जनाइएको छ ।