दुर्गा प्रसाईंसँग उपत्यकाका तीनै जिल्लाका सीडीओले गरे छलफल

दुर्गा प्रसाईंसँग उपत्यकाका तीनै जिल्लाका सीडीओले गरे छलफल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर ) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा प्रहरी प्रमुखहरूले संयुक्त छलफल गरेका छन् ।

छठ पर्वपछि आन्दोलन सुरु गर्ने प्रसाईँको घोषणापछि प्रशासन र सुरक्षा निकायबीच समन्वयका लागि आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उक्त छलफल आयोजना गरिएको हो ।

काठमाडौंका सीडीओ इश्वरराज पौडेलका अनुसार छलफलमा प्रसाईँलाई समेत बोलाइएको थियो । तीनै जिल्लाका सीडीओ र प्रहरी प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा प्रसाईँले व्यक्त गरेका ताजा अभिव्यक्ति तथा सामाजिक सञ्जालमा प्रसारित सामग्रीबारे समेत विस्तृत कुराकानी गरिएको थियो ।

सीडीओ पौडेलका अनुसार छलफलका क्रममा प्रसाईँले हालका लागि कुनै आन्दोलन कार्यक्रम नरहेको जानकारी दिएका छन् ।