पूर्व माओवादी लडाकु डायमण्ड सी बने रुसी सेनाको सेक्सन कमाण्डर

पूर्व माओवादी लडाकु डायमण्ड सी बने रुसी सेनाको सेक्सन कमाण्डर

काठमाडौं। पूर्व माओवादी लडाकु डायमण्ड सीले रुसी सेनाको सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालेका छन्। डायमण्डले सामाजिक सञ्जालमार्फत आफूले पछिल्लोपटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राईमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने मौका पाएको उल्लेख गरेका छन्।

‘कहिलेकाहीँ जीवनमा देखेको सपना पूरा हुन्न । बरु नदेखेको सपना पूरा हुन्छ । जनयुद्धमा सहभागी हुदा देखेका कैयन सपना अधुरै रह्यो । ती अधुरो सपनाकै बीच रुसको पक्षबाट रुस–युक्रेन युद्धको एक हिस्सेदार वन्ने कठोर निर्णय गरियो ।

भीषण युद्धको बीच आफ्नै जीवनको कुनै ग्यारेन्टी नहुने परिस्थितिमा समेत सुरुमा रसियन सेनाको जुनियर सर्जेन्ट अर्थात् सेक्सन सह–कमाण्डर र पछिल्लोपटक सर्जेन्ट अर्थात सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राईमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने विषय सहज त थिएन नै । यद्यपि युद्धकालीन समयको माग अनुसार जिम्मेवारी पूरा गर्नै पर्ने रहेछ,’– उनले भनेका छन् ।