ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन गर्नुहोस्

ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन गर्नुहोस्

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न आग्रह गरेका छन् । आज भएको पत्रकार सम्मेलनमा बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने बताए । आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो। वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले पाम आयलकै जस्तो गरी औषधी र यसको कच्चा पदार्थको निर्यात प्रतिबन्ध खोल्न भारत तयार भएको बताए ।

कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे ।ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने पनि उनको भनाई छ । बजारमा दैनिक अनुगमन भैरहेकाले कालोबजारी र कृत्रिम अभाव हुन नदिने विभागको दाबी छ । बजारको अवस्थालाई हेरेर अनुगमन अझै बढाउने सरकारको तयारी छ ।

छुटाउनुभयो कि ?