प्रधानमन्त्री अ‍ोलीको स्वास्थ्यमा सुधार, हिँडडुल गराउन थालियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको स्वस्थ्यमा सुधार आएको छ । उनलाई झोल खानेकुरा खुवाएसँगै हिँडडुल गराउने थालिएको हो ।अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै आजदेखि प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको बताएको छ ।

उनको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ ।यस्तै मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई ठोस आहार दिन थालिएको छ ।