मोहन वैद्यले दिए राजीनामा, सीपी गजुरेललाई महासचिवको जिम्मेवारी

मोहन वैद्यले दिए राजीनामा, सीपी गजुरेललाई महासचिवको जिम्मेवारी

काठमाडौं। पार्टी गठन गरेदेखि जिम्मेवारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्। उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन् ।

केही समयअघि आमा बितेर दाङमा पुगे पनि उनी बिरामी भएका कारण तत्काल काठमाडौं फर्केका थिए ।

महासचिवबाट राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। वैद्यले स्वैच्छिक राजीनामा दिएको सो पाटीका नेताहरूको भनाइ छ ।