जनकपुर : वीरगन्जको चिनी कारखानाको जग्गा बेच्न स्वीकृति दिएको संघीय सरकारविरुद्ध प्रदेश २ सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । प्रदेश २ सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकार विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
संघीय सरकारले वीरगन्ज चिनी कारखानाको जग्गा बिक्री गर्ने निर्णय गरेपछि प्रदेश सरकारले त्यसविरुद्ध मुद्दा हाल्ने तयारी गरेको हो। प्रदेश २ सरकारले धेरै पटक यो मुद्दाहरु उठाए पनि संघीय सरकारले यसमा कहि चासो नदेखाए पछि उक्त निर्णय लिन प्रदेश २ सरकार बाद्यय भएको हो । प्रदेश २ का मुख्यमन्त्री राउतले जनाए अनुसार प्रधानमन्त्रीसितको भेटमा धेरै पटक यी मुद्दामा कुरा भए पनि संघीय सरकारको रबैया फेरिएन । त्यसैले अनुसूचिमा रहेका अधिकार अव कानुनी लडाइँमार्फत वीरगन्ज चिनी कारखानाको जग्गा प्राप्त गर्ने र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन मुख्यमन्त्री राउतले जानकारी दिएका छनु ।