काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त भएका छन् । आज (बुधबार) प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) का ५६ सांसद्को समर्थन रहेको छ ।
कूल १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५४ सांसद्को समर्थन आवश्यक पर्छ । ५ दलीय गठबन्धन बनेर सोनलको नेतृत्वमा सरकार बनेसँग मधेश प्रदेशसभाको पहिलो र दोस्रो दल एमाले र कांग्रेस सत्ताबाहिर भएका छन् ।