काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनलाई चुनौति दिँदै अभियन्ता युवराज सफल पौडेलसहित १० जनाले सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । चार वटा मुद्दाहरु भने भदौं २३ र २४ गतेको आन्दोलनको सन्दर्भमा मौलिक हक हनन भएको भन्दै परेका छन् ।
जेन–जी आन्दोलनको सन्दर्भमा मौलिक हक हनन भएको भन्दै ४ र प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध १० गरी कूल १४ वटा रिट दर्ता भएको हो ।
उक्त रिटको पेशी आगामी कात्तिक १२ गतेका लागि तोकिएको छ ।