देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । ३० गते बस्नेगरी बैठक स्थगित भएको हो ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती ३४ दिनपछि सार्वजनिक भएर बैठकलाई सम्बोधन गरेका थिए ।

बैठकअघि सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। महामन्त्रीद्वयसँग बैठकको एजेण्डाबारे छलफल भएपनि कुनै सहमति बन्न सकेन ।

सभापतिसँगको भेटमा महामन्त्रीद्वयले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव राखेका थिए । तर, देउवासँग कुरा नमिलेपछि थप छलफलको लागि बैठक स्थगित गरिएको हो ।