भारतबाट फर्किएलगत्तै दुर्गाको दाबी : सुशीला कार्की सरकार टिक्दै टिक्दैन, राजा चाहिन्छ

भारतबाट फर्किएलगत्तै दुर्गाको दाबी : सुशीला कार्की सरकार टिक्दै टिक्दैन, राजा चाहिन्छ

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

उनले सुशीला कार्की सरकार टिक्दै नटिक्ने दाबी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘यो सरकार टिक्दै टिक्दैन, यो डलरमा आएको हो ।

उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको दोहोर्याए । उनले भने,‘राजा भनेको सबैलाई जोडेर राख्ने हो, धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।’ प्रसाईंले यसअघि नै अहिलेको सरकार विदेशी एजेन्टहरुको भनेर कडा आरोप लगाईसकेका छन् । उनले देशको अस्तित्व रक्षाको लागि पनि राजा चाहिएको बताउने गरेका छन् ।