गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)

गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् । उनले सम्वादको नयाँ वातावरण बनाउनपनि अपिल गरेका छन् ।

आज भिडिओ सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् । नेपालमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच १० वर्षयता म्युजिकल चेयर घुमिरहेको प्रसंगपनि उनले उल्लेख गरेका छन् ।

थापाले २०८२ साल भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नरहेको टिप्पणी गरे । सभापति शेरबहादुर देउवालाई यत्रो पर्दाखेरि इम्पेथी नराखेको भनेर पार्टीका साथीहरुले कुरा उठाएकोमा उनले इम्पेथेी राखेको जिकिर गरे । आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदो २५ गते सभापति देउवामाथि भएको आक्रमणको भत्र्सना गर्दै वक्तव्य निकालेको पनि थापाले स्मरण गराए । उनले आफूहरु कसैमाथि पनि हुने भौतिक आक्रमणको कुरा अस्विकार्य हुन्छ भनेर मान्ने व्यक्ति भएको उल्लेख गरे ।

थापाले आफूहरु पनि हातपात हुनबाट बालबाल बाँचेको बताए । उनले भने,‘हामी पनि त्यही कुटपिट, हातपात र अपमान सहेर नै आएको हो । हामी आफ्नो नेताहरुलाई सम्मान पनि गरौं । इम्पेथी पनि राखौं । संगसँगै कांग्रेस, एमाले र माओवादीका सबै साथीहरुलाई अपिल पनि गर्छु हामीले आफ्ना तीन वटै नेताहरुलाई ब्लन्ट्ली भन्नुपर्छ कि तपाई अब नो मोर । तपाईंहरुले छोड्नुपर्छ । अब तपाईहरुबिना नै हामी पार्टी चलाउन सक्छौं । हामीले सम्हाल्नुपर्छ । नेतृत्व बदल्नुपर्छ । संस्कृति बदल्नुपर्छ ।’ छोड्न परे आफूपनि छोड्न तयार रहेको उनको सन्देश छ