काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हिजो (शनिबार) अस्वस्थ भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार एक दिनको उपचारपछि उनलाई डिस्चार्ज गरिएको हो । सेन्टरले हिजो नै विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको थियो ।
राष्ट्रपति भवन शीतल निवासका जेन–जी प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनी आकस्मिक रुपमा विरामी परेका थिए ।