माइतीघर मण्डलाबाट डा.निकोलस भुसाल पक्राउ

माइतीघर मण्डलाबाट डा.निकोलस भुसाल पक्राउ

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलाबाट डा.निकोलस भुसाल पक्राउ परेका छन्। आज (बिहीबार) प्रहरीले डा.भुसालसहित ३ जनालाई पक्राउ गरेको हो।

डा.भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै माइतीघरमा जम्मा भएको थियो। पक्राउ परेका डा.भुसालसहित ३ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ।

काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । सोही बमोजिम माइतीघर मण्डला लगायतका क्षेत्रमा कसैलाई पनि हुल बाँधर उभिन समेत दिइएको छैन ।