उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।

तीनवटै भेटका क्रममा उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग नेपाल–भारत विद्यमान सम्बन्धका बारेमा विचारविमर्श भएको थियो । उहाँहरुले राजदूत क्वात्राको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । राष्ट्रपतिसमक्ष राजदूत क्वात्राले आजै ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।