कोरोना त्रास : खबरदारी आमसभा स्थगित

कोरोना त्रास : खबरदारी आमसभा स्थगित

काठमाडौं : राष्ट्रवादी केन्द्र नेपालले फागुन २४ ग‌ते गर्ने भनिएको खबरदारी आमसभा स्थगित गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन २४ मा गर्न लागेका सम्पुण कार्यक्रम स्थगित गरेको जनाएको छ ।

यसअघि केन्द्रले शिक्षा,स्वास्थ्य निःशुल्क,रोजगारको ग्यारेन्टी सहितको वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गर्ने दबाब दिन शान्तिपुण र्‍याली गर्न लागेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पनि कोरोना भाइरसको जोखिम रहेकाले सतर्कता अपनाउन भनेसँगै कार्यक्रम स्थगित गरेको हो ।