मन्त्री अर्याल चढेको यति एअरलाईन्सको विमान आकस्मिक अवतरण

मन्त्री अर्याल चढेको यति एअरलाईन्सको विमान आकस्मिक अवतरण

काठमाडौँ : भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाईन्सको विमान आकस्मिक अवतरण भएको छ ।

आज विहान ८ बजेर ५० मिनेटमा काठमाडौंबाट पोखरालागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुन काठमाडौं फर्काइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ ।