गाँजाले नेपालको भाग्य बदल्छ

गाँजाले नेपालको भाग्य बदल्छ

काठमाडौं : गाँजासम्बन्धी गैरसरकारी विधेयक गत सोमबार संसद सचिवालयमा दर्ता भएको छ । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले उक्त विधेयक संसद सचिवालयमा दर्ता गराएका हुन् । गाँजा नेपलमा उत्पादन हुने र प्राकृतिक रुपमा पाइने बनस्पति हो । यो बनस्पतिमा औषध गुण रहेका छ जसको मुल्य अन्तराष्ट्रिय बजारमा निकै महगो पर्छ । यदी यो हाम्रो प्राकृतिक सम्पतिलाई सदुपयोग गर्न सक्यौ भने समृद्ध नेपाल सुखी नेपाली हुन समय लाग्दैन ।

महंगो मुल्यमा बिक्रि गर्न सकिने भएकाले यसलाई बैधानिक गराउनुपर्छ भनेको हुँ । गाँजा खेतीलाई बैधानिक गर्न सफल भयौं भने हरेक नेपाली आर्थीक रुपमा सम्पन्न हुनेछन् । फेरी यो विधेयक हचुवाको भरमा दर्ता गराएको पनि होइन यसकालागि हामीले धेरै अगाडीदेखी मिहिनेत गर्दै आएका छौँ ।

लामो समयको अध्यनपछि गाँजा खेतीलाई व्यवस्थित रुपमा उत्पादन गर्न सक्यौ भने ब्यक्तिलाई मात्र नभई राष्ट्रपनि समृद्ध हुने निस्कर्ष निकालेर विधेयक दर्ता गराएको हुँ । हाम्रो मुलुक पौसा मात्र नभएर गरीव भएको हो अथाह प्राकृतिक स्रोत छ जसले हाम्रो आर्थीक स्थितिमा सुधार ल्याउछ ।

गाँजा खेती पनि एउटा गरीब किसानलाई आर्थीक रुपमा सम्पन्न बनाउने मुख्य आधार हो । यसलाई खुला गरियो भने देशको अर्थतन्त्रमा समेत ठूलो सहयोग पुग्छ र २, ३ बर्षपछि नै ५०–६० खर्बको अर्थतन्त्र बनाउन सकिन्छ । अहिले विश्वका ४० भन्दा बढी देशले गाँजाखेतीमाथिको प्रतिबन्ध फुकुवा गरीसकेका छन् ।

अमेरिकाकै क्यालिफोर्नियामा २२ बिलियन डलरको योगदान गाँजाले गर्ने गरेको छ । हामी पनि गाजाँमा कर लगाएर राज्यको अर्थतन्त्र छिट्टै उकास्न सक्छौं । गाँजा खेतीको प्रतिवन्ध फुकुवा भएपछि हाल विदेशमा रहेका ७० देखि ८० प्रतिशत नेपाली युवा स्वदेश फर्किएर बाँझो जग्गामा खेती गर्न थाल्नेछन । अब यतिधेरै फाइदाजनक गाँजाको फुकुवा गर्नुपर्ने माग राखीरहेको बेला विरोध पनि भइरहेको छ ।

म के भन्छु भने विरोध गर्ने साथीहरुले पहिला अध्यन गरेर विरोध गर्नुहोला । यसको उपयोगिताबारे हामीले धेरै अध्यन गरेका छौंँ तपाइहरुपनि अध्यन गर्नुहोला बरु तपाइहरुलाई सहयोग गर्न हामी तयार छौँ । कुनै समय कसैको दवाबमा बनाएको कनुनको पछाडी किन लाग्नु । विश्व स्वाथ्य संगठनलेनै गाँजालाई औषधिजन्य बनस्पतिको रुपमा स्विकार गरीसकेको छ ।

यही मार्च ७ मा संयुक्त राष्ट्रसंघमा गाँजालाई लागुऔषधबाट हटाएर औषधीजन्य वस्तुमा रुपान्तरण गर्न भोटिङ पनि हुदैछ । त्यसमा नेपालले पक्षमा भोटिङ गर्नुपर्छ । गाँजा त नेपालको औषधि हो नेपालमै उत्पति भएको गाँजाको विउ लगेर कतिपय राष्ट्र सम्पन्नसालि भएका छन् भने हामीले हाम्रै आफ्नो उत्पादन किन नगर्ने ।

फेरी विश्व बजारमा नेपाली गाँजा एक नम्मरमा छ । गाँजा घरायसी सामान बनाउनेदेखि अचारमा उपयोगी छ र यसले क्यान्सर रोगसमेत निको पार्न सक्छ । यसको रेसाबाट कपडाबनाउन सकिन्छ त्यस्तै दाना बाट तेल र अचार ,बनाउन सकिन्छ भने मौरीपालन गर्दै यसको फूलबाट मौरीले संकलन गरेको मह निकै फलदायि हुन्छ ।

यसमा पाइने सिल्कबाट धेरै औषधिहरु बनेका छन् भने टि,एल,सि क्यान्सरका विरामीहरुलाई लावदायक मानिन्छ त्यो पनि गाँजाबाट पाउन सकिन्छ । हाल संयुक्त राष्ट्रसंघमा परम्परागत औषधिजन्य बनस्पतिलाई नरोक्ने भनि हस्ताक्षर गरेका छौ भने विश्व स्वाथ्य संगठनले पनि यो बनस्पति लागु औषध नभइ औषधिजन्य बनस्पति भनिसकेको छ ।

यता यु एनले पनि आफ्ना संघ राष्ट्रहरुसंग यसबारे छलफल चलाइरहेका बेला हामीले यसलाई प्रतिबन्ध गरेर बस्नु उपयुक्त हुदैन भन्ने मैले ठानेको छु । अब ढिला नगरी नेपालको हरेक ठाउमा उब्जने गाँजालाई विश्वब्यापारीकरण गर्नुपर्छ ।

धेरैलाई लाग्न सक्ला गाँजाको प्रतिबन्ध फुकुवा भयो भने सबै विग्रने हुन् की ? सबै गजेडी हुने हुन् की ? त्यस्तो होइन हामीले विधेयकमा स्पस्ट रुपमा भनेका छौँ डाक्टरको सिफारीस बिना कसैले पनि यो सेवन गर्न पाउने छैन । डाक्टरको सिफारीसमा २१ बर्ष भन्दा माथीका ब्यक्तिले मात्र डाक्टरले सुझाएअनुसारको मात्रा प्रयोग गर्न पाउने छन् । यसको उत्पादन गर्ने ब्क्तिले पनि सरकारको अनुमतिपत्र लिएर मात्र उत्पादन गर्न पाउने छन् ।

अनुमति नलिई गाँजा खेती गर्नेलाई एक बर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने प्रस्तावित विधेयकको दफा २५ मा उल्लेख छ । गाँजा खेती गर्न चाहनेको आफ्नै जग्गा हुनुपर्ने वा नेपालभर कतै न कतै जग्गा भएको खण्डमा जग्गा भाडामा लिएर गाँजा खेती सक्ने भनिएको छ । यो प्रावधान अनुसार नेपालमा आफ्नो जग्गा नहुने (सुकुम्बासी वा विदेशी) ले गाँजा खेती गर्न पाउने छैनन् ।

२१ वर्ष पूरा नभएका वा गर्भवती महिलालाई गाँजा बिक्री वितरण गर्न वा निशुल्क उपलब्ध गराउन नपाइने प्रावधान विधेयकमा राखिएको बताए । १८ वर्ष भन्दा कम उमेरका व्यक्तिको संलग्नता देखिए गाँजा खेतीको अनुमतिपत्र नपाइने, २१ बर्ष उमेर पूरा नभएका वा गर्भवती महिलालाई विक्री वितरण गर्न नहुने विधेयकमा उल्लेख छ ।

गाँजा खेती गर्ने कृषकले अनाधिकृत व्यक्तिलाई गाँजा बिक्री वितरण गरेमा वा उपलब्ध गराएमा अनुमति पत्र खारेज हुने र कृषकले गाँजा बिक्री वितरणको विवरण नराखे अनुमति खारेज हुने लगायत प्रस्तावित व्यवस्था छ । फेरी अर्को कुरा गाँजाको प्रचार प्रसार पनि गर्न नपाइने विधेयकमा राखेका छौँ । त्यसैले कोही पनि आत्तिनु पर्दैन कुनै बेला बनाएका नियम समय संगै परीवर्तपनि हुन सक्छ । विधेयक पास हुनेमा म त ढुक्क छुँ ।

पूर्वकानुनमन्त्री शेरबहादुर तामाङसँगको कुराकानीमा आधारित