प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई आज एक बधाई सन्देश पठाएर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री यासिनको कार्यकालमा नेपाल–मलेसिया सम्बन्ध अझ सुदृढ हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ ।