प्रधानमन्त्री ओलीको खुल्यो होस , नयाँ मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री ओलीको खुल्यो होस , नयाँ मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं : मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन्।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो ३ बजेसम्म चलेको थियो। मिर्गौला दाता भाञ्‍जी समीक्षा संग्रौला र प्रधानमन्त्री ओलीको शल्यक्रिया एकैसाथ गरिएको थियो। समीक्षाको देब्रे मिर्गौला झिक्ने शल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेका थिए।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो। अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ। उहाँ पूर्ण होसमा आइसक्नु भएको छु, ज्ञवालीले भने, अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ।


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले जनाएको छ ।अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गरेका प्रा.डा. प्रेम ज्ञवालीले पनि प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थालेको बताएका छन् ।

“उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलालो पनि काम गर्न सुरु गरिसकेको छ । र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ,” उनले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने भान्जी समीक्षाको पनि स्थिति सामान्य छ । प्रधानमन्त्री ओलीको मिगौृला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा।डा। उत्तमकुमार शर्मा, प्रा।डा। ज्ञवाली, प्रा।डा। अनन्तकुमारलगायतको सहभागिता थियो ।

मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा.मुकुन्द काफ्ले र डा. रविन नेपालीलगायतको टोली सहभागी थियो । एनेसथेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्यलगायतको टोलीको सहभागिता थियो ।