काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो अपिल गरेका हुन् । उनले अहिले मनन गर्नुपर्ने कुरा भन्दै नयाँ पुस्ताको विश्वास जित्नेगरि पार्टी गतिविधि अघि बढाउन अपिल गरेका छन् ।
नयाँ पुस्ताको माग र बलिदानको सम्मान गरेपनि त्यसको आवरणमा गर्न खोजिएको प्रतिगमनकारी हर्क र विध्वंशको विरोध गर्न भनेका छन्। उनले अहलिे आन्तरिक एकतामा जोड दिएर पार्टी पंक्तिको मनोबल उच्च बनाउनुपर्ने भनेका छन् ।
यस्तै, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बन्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले भनेका छन्,‘लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ। जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।’
उनले फेशबुकमा लेखेका छन–
हामीले मनन गर्नुपर्ने कुरा
नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ।
त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौँ।
नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ।
जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ।
जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ।
आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ।
लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ।
जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।