‘जेन-जी’ आन्दोलनः मृत्यु हुनेको संख्या ३४ पुग्यो, १ हजार ३ सयभन्दा बढी घाइते

‘जेन-जी’ आन्दोलनः मृत्यु हुनेको संख्या ३४ पुग्यो, १ हजार ३ सयभन्दा बढी घाइते

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेन–जी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र १ हजार ३ सय ६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ ।

निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पताल विर्तामोडमा १, विर्तासिटी अस्पतालमा १, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ र भेरी अस्पतलालमा ५ गरी ३४ जनाको निधन भएको जनाइएको छ ।