काठमाडौं । लो कतन्त्र, प्रगतिशील राजनीतिक परिवर्तन एवं संविधान जोगाएरै नयाँ राजनीतिक निकास निकाल्न राजनीतिक दलहरूले आह्वान गरेका छन् । जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनको प्रभावस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछिको रिक्तता छिटो अन्त्य गर्न दलहरूले यस्तो सुझाव दिएका हुन् । नेपाली कांग्रेसले संविधान र लोकतान्त्रिक बाटोबाटै जेनजी पुस्ताको भावनाबमोजिम अगाडि यात्रा तय गर्नमा तयार रहेको जनाएको छ ।
अहिलेको विषम र अस्थिर परि स्थितिबाट उठ्न सबै पक्षसँग आवश्यक परामर्श गरी वार्ता र संवादमार्फत निकास दिन कांग्रेसले आग्रहसमेत गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति, नेपाली सेनाले लिएको पहलकदमीको कांग्र ेसले स्वागत गरेको छ । यस पहललाई जेनजी पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गरिएको छ ।
‘हामी यस पहललाई जेनजी पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पु-याउन आग्रह गर्दछौं, त्यसो गर्दैगर्दा आवश्यकताको सिद्धान्तबमोजिम हुने निर्णयलाई पनि संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहन्छौं । विधि विहीनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं, अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यस बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस्, त्यसमा हाम्रो समर्थन रहनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री पद परित्याग गर्नमा केपी शर्मा ओलीले ढिलाइ गर्नु र सरकारले बन्द गरेको सामाजिक सञ्जाल खोल्न गरिएको आग्रह र दबाब अस्वीकार गर्दा स्थिति थप चर्किएर अनियन्त्रित भएको तथ्य स्विकार्नुपर्ने पनि कांग्रेसले जनाएको छ । ‘सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्विकार्न जरुरी छ, हाम्रो पटकपटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आँकलन आफू गर्न सक्नुपर्छ या अरूले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं,’ विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनका क्रममा कयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानलगायतमा गरिएको आगजनी अत्यन्तै दुःखद् र निन्दनीय भन्दै यो जेनजी आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर हुलमुलमा पसेकाहरूले नियतवश गरेको विध्वंश भएको कांग्रेसको निष्कर्ष छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न चाहने सबैमा कांग्र ेस आह्वानसमेत गरेको छ ।
नेपाली सेनालगायत सबै सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आमनागरिक, नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय समुदाय सबै तहबाट पनि साथ सहयोगका लागि कांग्रेसले अपिल गरेको छ ।
यस्तै, कांग्र ेसले सोमबारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोगमार्फत गहिरो छानबिन गरेर दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने ’boutमा ध्यानाकर्षण गराएको छ ।
‘सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरूले थप पीडा थप्न पुग्यो, शान्तिपूर्ण प्रदर्शनमार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने जेनजी पुस्ताको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वो च्च अदालतलगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा जेनजीको थिएन र त्यो जेनजीको माग पनि होइन भन्ने हाम्रो विश्वास हो,’ विज्ञप्तिमा भनिएको छ ।
धैर्य र संयमित बन्न अपिल
एमालेको अपिल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अहिले परिस्थितिमा धैर्य र संयमित हुन अपिल गरेका छन् । महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धैर्य र संयमित हुन अपिल गर्दै आफूहरू फेरि उठ्ने जनाएका छन् ।
‘आँधी र हुरी नचलेको बेला वातावरण स्तब्ध र शान्त भएको घडीमा एउटा नर्कट पनि छाती खोलेर ठिंग उभिनसक्छ, एउटा कायरले पनि बहादुरीका लामालामा कुरा गर्न सक्छ, तर मेरा मित्र, आँधी र हुरी चलिरहेको बेलामा, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरोमाथि आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसाल मात्र ठिंग उभिनसक्छ,’ नेत्रलाल अभागीको कविता सभार गर्दै महासचिव पोखरेलले लेखेका छन्, ‘धैर्य गरौ, संयमित बनौं, हामी फेरि उठ्नेछौं ।’
एमाले सचिव योगेश भट्टराईले जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरेर अगाडि बढ्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु पर्ने भएकाले नेपालको हित चिताउने सबैसँगको समन्वयबाट सो काम सम्पन्न गर्र्ने अठोट गर्नुपर्ने जनाएका छन् ।
‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौ, देश र समाज भयानक अस्थिरतामा छ, हामी सबै तनावमा छौ ं यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पु-याउँदैन, तसर्थः विकसित घटनाहरूलाई राम्रोसँग विश्लेषण गरौ ं, हामीबाट भएका कमजोरीको समीक्षा गरौं, गल्तीप्रति आत्मालोचित होऔं,’ उनले भनेका छन् ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रधानमन्त्री निवास बालुवाटर छोडेर भागेका ओली नै अहिले एमाले अध्यक्ष छन् । पार्टी संगठन र नेतृत्व नै नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सुझाव उनले दिएका छन् । ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं, यो काम होशियारीपूर्वक गरौं, जसले हाम्रो पार्टी एकता कायम गरोस् पार्टीमा आमसदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौं, पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔंंं, जनतामा जाऔंं, जनतालाई सुनांै र त्यसअनुसार निर्णय गरौं,’ भट्टराईले भनेका छन् । लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानुनको शासन यो जनताको बहुदलीय जनवाद (जबज) को आत्मा भएको भन्दै उनले यसबाट दाँयाबाँया जान नहुने जनाएका छन् ।
देशको रक्षा गर्नु सबैको कर्तव्य : माओवादी केन्द्र
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले बिग्रँदो परिस्थितिलाई उल्टो दिशातिर लैजाने र थप देशलाई अस्थिरताको अन्धकारमा जबर्जस्ती लगिन खोजिएको टिप्पणी गरेका छन् । उनले आवेग र उत्तेजनाबाट जोगाउँदै देशको रक्षा गर्नु सबैको ऐतिहासिक कर्तव्य हुने जनाएका छन् । साथै सबै गणतन्त्रवादी हातेमालो गर्दै एकजुट भएर नागरिकको रक्षा, राज्यको सम्पत्तिकै रक्षा र सिंगो देशको रक्षा गर्न सम्हालिएर अघि बढ्न अपिलसमेत गरेका छन् ।
‘रगत, पसिना र आँसुको भेलबाट जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै गणतन्त्रवादी एकजुट हुनुको विकल्प छैन, जेनजीहरूको भावनालाई सम्मान गर्दै सुधार्नुपर्ने धेरै कुराहरू थिए र छन् तर यतिबेला जनताकै छोराछोरीले लडेर ल्याएको व्यवस्था उल्टाउन चाहने देशी–विदेशी शक्तिकेन्द्रहरूको चालबाजी, चरित्र र कार्यशैलीमा सुधार ल्याउने देखिँदैन,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
राजधानी दैनिकबाट