काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको चयन गरेको छ । राजेन्द्र महतो नेतृत्वको सो दलको आज (मंगलबार) बसेको बैठकले पदाधिकारी चयन गरेको महासचिव केशब झालेजानकारी दिए ।
रामुपाको अन्तरिम विद्यान २०८१ को धारा २६ को उपधारा (२) र (६) बमोजिम केन्द्रीय कार्यसमिति समितिमा रहने पदाधिकारी सोही अन्तरीम विधानको धारा १३९ को उपधारा २, २४, २९ बमोजिम एवं २०८१ फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार केन्द्रीय अध्यक्षद्धारा निम्न बमोजिमको केन्दीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवं सदस्य चयन गरेको जनाईएको छ ।

