कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको देउवाको दाबी

कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको  देउवाको दाबी

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारु समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन्। 

शुक्रबार पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको बताए। 

उनले भने,‘नेपाली कांग्रेसले थारु समुदायलाई सम्मान गर्दै आएको छ। थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको छ। यो संगठन थारुहरुको हक हितका निम्ति अधिकतम प्रयोग गर्नुपर्छ।’ 

त्यस्तै उनले संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउन नसक्दा अर्को पार्टीसँग मिलेर सरकार बनाउनुपरेको बाध्यता रहेको बताए। 

उनले भने, ‘हाम्रो संविधान सबैलाई जोड्ने खालको छ। जुन संविधान छ त्यसमा महिला, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व गर्छ। यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ वास्तबमा। तर यसमा एउटा समस्या पनि छ। संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ। त्यो कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुनसक्छ। तर पार्टी एक भएर अगाडि बढेको ढंगमा बहुमत आउन पनि सक्छ।’

 

छुटाउनुभयो कि ?