काठमाडौं- “सुत्न पाएको भए, अलिकति निदाउन पाए हुन्थ्यो!”।य स्तो भावना हामीमध्ये धेरैले अनुभव गरेका हुन्छौं। तर, यदि दिनभर सुत्न मन लाग्ने, कुनै पनि समयमा निद्राउने बानी छ भने यसलाई हल्का रुपमा नलिनुहोस्। अत्यधिक निन्द्रा कुनै सामान्य थकाइ वा अल्छीपन मात्र होइन, गम्भीर रोगको संकेत पनि हुन सक्छ।
विशेषज्ञहरूका अनुसार यस्तो अवस्थालाई हाइपरसुम्निया भनिन्छ। यो रोगको कारणले व्यक्ति दिनको समयमा अत्यधिक निन्द्रा महसुस गर्छ, तन्द्रा लागिरहन्छ, र नियमित कामकाजमा असर पर्छ। अत्यधिक निन्द्राको सम्भावित कारण, लक्षण, असर, र उपचारबारे विस्तृत जानकारी प्रस्तुत गर्दैछौं।
अत्यधिक निन्द्राको अवस्था के हो?
मानव शरीरलाई स्वस्थ रहन दिनमा ७ देखि ९ घण्टा निद्राको आवश्यकता पर्छ। तर यदि यसभन्दा बढी सुत्नुपर्ने वा सुतेर पनि थकाइ नहट्ने अवस्था दोहोरिँदै जान्छ भने यो निद्रासम्बन्धी रोग हुन सक्छ। यस्तो अवस्थामा व्यक्तिले दैनिक जीवनमा जस्तै पढ्न, काम गर्न, गाडी चलाउन वा सामाजिक काममा भाग लिन कठिनाई महसुस गर्छ।
हाइपरसुम्निया – निद्राको रोग
हाइपरसुम्निया निद्रासम्बन्धी एक प्रमुख रोग हो। यो दुई प्रकारको हुन्छ:
प्राथमिक हाइपरसुम्निया – जब निद्राको समस्या अन्य रोगबिनै देखिन्छ।
माध्यमिक हाइपरसुम्निया – जब निद्राको समस्या अन्य रोगजस्तै डिप्रेशन, स्लीप एपनिया, पार्किन्सन, वा ब्रेन इन्जुरीको कारणले हुन्छ।
सामान्य कारणहरू
स्लीप एपनिया
रातको समयमा सास रोकिने समस्या जसले राम्रो निद्रा आउन दिँदैन। यसले थकान र दिनभर निद्रायुक्त बनाउँछ।
नार्कोलेप्सी
यो न्यूरोलोजिकल विकार हो जसमा व्यक्ति दिनको जुनसुकै समयमा एक्कासि निदाउँछ।
डिप्रेशन तथा मानसिक तनाव
मनोवैज्ञानिक कारणले पनि अत्यधिक निद्रा लाग्न सक्छ।
थाइराइड गडबडी
थाइराइडको क्रियाशीलतामा समस्या हुँदा शरीर थाक्लो हुन्छ र अधिक निद्रा लाग्न सक्छ।
लामो समय औषधि सेवन
विशेषगरी एन्टिडिप्रेसन्ट्स, एन्टिहिस्टामिन्स, वा अन्य मानसिक रोगका औषधिहरूले निद्रा बढाउँछन्।
जीवनशैली
अनियमित सुत्ने–उठ्ने बानी, अत्यधिक स्क्रिन समय, क्याफिन वा एल्कोहल सेवन आदिले पनि निद्रामा गडबडी ल्याउँछ।
दिनभर थकान महसुस हुनु
सुत्दा पनि फ्रेश नहुनु
ध्यान केन्द्रित गर्न कठिनाइ
कार्यक्षमता घट्नु
समाजिक जीवनबाट टाढिनु
एक्कासि निदाउने बानी
झमक्क साँझ परेपछि झन् निद्रायुक्त महसुस गर्नु
सम्भावित असरहरू
व्यावसायिक हानि: काममा ध्यान केन्द्रित गर्न नसक्दा जागिर गुम्ने वा प्रदर्शन कमजोर हुने।
शैक्षिक असर: विद्यार्थीहरूका लागि पढाइमा असर पर्नु, एकाग्रता घट्नु।
सम्बन्धमा असर: साथी वा परिवारको साथ समय नबिताउन सकिने अवस्था।
सडक दुर्घटना: गाडी चलाउँदा निदाउने सम्भावना र दुर्घटनाको जोखिम।
उपचार तथा समाधान
१. चिकित्सकीय परीक्षण
निद्रासम्बन्धी परीक्षण
रक्त परीक्षण (थाइराइड, भिटामिन डी, आइरन स्तर)
२. औषधोपचार
चिकित्सकको सल्लाहअनुसार थकान घटाउने वा निद्रामा सुधार ल्याउने औषधिहरू प्रयोग गरिन्छ।
३. जीवनशैली सुधार
नियमित सुत्ने र उठ्ने समय निश्चित गर्ने
क्याफिन, चिनी, र एल्कोहलको सेवन घटाउने
व्यायाम गर्ने, विशेषगरी बिहानको समयमा
मोबाइल, ल्यापटप, टिभी जस्ता स्क्रिनको प्रयोग सुत्नुभन्दा कम्तिमा १ घण्टा अगाडि बन्द गर्ने
४. योग तथा ध्यान
मानसिक शान्तिका लागि ध्यान र योग अत्यन्त उपयोगी छन्। यसले निद्राको गुणस्तरमा सुधार ल्याउँछ।