काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकटको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको छ ।
सिंहदरबारस्थित राप्रपा दलको कार्यालय अगाडिबाट उनलाई नियन्त्रणमा लिइएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनको बाग्मती प्रदेश ०१-०२७ च ९८६२ नम्बरको गाडीभित्र रहेका कटवाललाई प्रहरीले पक्राउ गरेको थियो । बानेश्वरमा निषेधित क्षेत्र तोड्न आउनुअघि लिङ्देनसहित सांसदहरू छलफल गर्दै गर्दा प्रहरी दलको कार्यालयमै पुगेको थियो । त्यहाँ, सरकारविरुद्ध प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।