काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको पूरक निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
डा. भट्टसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलगायतलाई विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका थिए ।
निवेदन ३७औं नम्बरमा छ । उक्त निवेदनको पालो आउने सम्भावना न्यून रहेको छ ।